काठमाडौं :विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का पुष्पकमल दाहाललाई ब्रिफिङ गरेका छन् ।
मंगलबार साँझ मन्त्रिपरिषदको बैठक सकिए लगत्तै देउवा र प्रचण्डलाई बालुवाटार बोलाएर ओलीले निर्णयबारे जानकारी गराएका स्राेतले बताएको छ ।
सरकारले पाएका केही गोप्य सूचनाका आधारमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नुपरेको जानकारी देउवा–प्रचण्डलाई गराएको थियो।
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतालाई मन्त्रि परिषदले गरेको निर्णयको जानकारी गराउनुका अलावा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विरोध नहोस् भनेर त्यसबारे जानकारी गराइएको हो।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५ १३:४३