काठमाडौं । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।
आज दिउँसो बस्ने बैठकमा निर्णयहरु तत्काल सार्वजनिक गर्ने वा ४८ घण्टापछि सार्वजनिक गर्ने भन्ने बारेमा छलफल हुने र यसबारे ठोस निष्कर्षमा पुग्ने जनाइएको छ । यस्तै गत आइतबारको बैठकका निर्णयहरु सार्वजनिक भएको बारेमा समेत छलफल हुनेछ । तर आजको बैठकका प्रस्तावहरु मन्त्रीहरुलाई उपलब्ध गराइएको भने छैन ।
आइतबारको बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्ताले मिडियालाई जानकारी नगराएपछि सरकारको आलोचना भएको थियो । तर अनौपचारिक रुपमा केही निर्णयहरु बाहिर आएका थिए ।
यसैबीच, सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले आज बेलुका ४ बजे पत्रकार सम्मेलन गरी सरकारका निर्णयहरु सार्वजनिक गर्ने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५ १९:१६