काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् ।
६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’
२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।
देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ । विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । नेपालमा वि।सं। २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ १२:१७