काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले झन्डै २७ हजार मत ल्याएका छन्।
पछिल्लो परिणामअनुसार बालेनले २६ हजार ९ सय २८ मतसहित अग्रता कायमै राखेका छन्। नेकपा एमालेका केशव स्थापितले १४ हजार १ सय ६५ र काँग्रेस उम्मेदवार सिर्जना सिंहले १३ हजार ५ सय ६२ मत ल्याएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डङ्गोलले २५ हजार बढी मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ७ हजार मत छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ ०९:४३