काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।
पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८ १४:००