काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा सङ्घ नेपालका कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गरेका छन् ।उनीहरुले बाँदरको जस्तो मुकुन्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसैको विरोधमा युवा सङ्घले लगातार प्रदर्शन गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८ १९:१३