काठमाडौँ । बिहीबार बालुवाटार डाकेको मन्त्रिपरिषद् बैठकमा कुनै राजनीतिक निर्णय नभएको दाबी गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डाकेको बैठकमा कोरोना सङ्क्रमणका विषयमा मात्रै छलफल र निर्णय भएको एक मन्त्रीले बताए ।
बैठकमा अक्सिजनको सहज उपलब्धताका निम्ति अक्सिजन प्लान्ट जडान गर्ने र नियन्त्रणका अन्य उपायसहरुका बारेमा छलफल भएको छ ।
मन्त्रालयका नियमित एजेन्डाहरूबारे भने बैठकले केही निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८ २१:०८