काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् ।
न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली गएका भट्टराईको बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको निष्कर्ष निष्केको पछि आज उनी स्वदेश फर्किन लागेका हुन् ।डा. भट्टराई आज नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कने छन् ।
चिकित्सकहरूले क्यान्सर नभए पनि ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् । दुई–तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने छ । तत्कालै शल्यक्रिया नभए क्यान्सर हुनसक्ने खतरा रहेको चिकित्सकको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७ ११:१३