काठमाडौं ।काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले देशको भौगोलिक अखण्डतालाई माया गर्ने बताउँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएका छन् । उनले राष्ट्रियताको सवालमा दृढताका लागिपर्ने समेत बताए ।
ओलीले आफ्नो पार्टी र आफूहरुमाथि आक्रमण भइरहेको बताएका छन्। सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई साँच्चै सार्वभौमसत्ता सम्पन्न बनाउन खोज्दा आफूमाथि आक्रमण भइरहेको बताएका हुन् ।
हामी राष्ट्रलाई साँचैनै सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा, समानतको हैसियतमा विश्वससामू उभ्याउन चाहन्छौँ। उनले भने,आफूहरुले नेपाललाई सर्वाभौमसत्ता सम्पन्न र समानताको हैसियतमा विश्वसामु उभ्याउन खोज्दा आक्रमण भइरहेको छ’ ।
उनले आफूहरुले पराधीनतालाईअस्वीकार गर्ने र भौगोलिक अखण्डतालाई माया गर्ने र जोगाउने बताए।यसका साथै उनले केही शत्रुहरु आफ्नो पछि लागेको आरोप लगाएका छन् । राष्ट्रियताको सवालमा आफूहरु एकजुट हुन खोज्दा केही देशका शत्रुहरु यसविरुद्ध लागिपरेको ओलीको टिप्पणी रहेको छ । उनले भने‘ देशको विकासका लागि ‘मै खाऊँ, मै लाऊँ’ भन्ने भन्ने प्रवृत्ति तोड्नुपर्ने बताएका छन्। उनले भने, विकास निर्माणको काममा सरकारले उल्लेख्य काम गरेको छ। देशमा विकास गर्नका लागि ‘मै खाऊँ, मै लाऊँ’ भन्ने भन्ने प्रवृत्ति तोड्नुपर्छ।’
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ १५:३०