काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यद्यपि बैठकको मिति भने तोकिएको छैन । बैठकमा संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ १२:०२