काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।
प्रधानमन्त्री ओली सोमबार बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा पुग्ने कार्यक्रम तय भएको छ । उनले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ। यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
आइतबार झापा पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए। उनी मंगलबार पनि झापा जाने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ ०८:५२