काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
मन्त्री भट्टराई र युएईका राजदूत सईद हमदान अल नाक्बीबीच आइतबार भएको शिष्टाचार भेटमा भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानका लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे ।
भेटका क्रममा राजदूत नाक्बीले काठमाडौं-युएई उडान थप गर्न मन्त्री भट्टराईलाई आग्रह गरेका थिए । जवाफमा मन्त्री भट्टराईले सकारात्मक भई चाँडै निर्णय लिने जानकारी गराएकाे भट्टराईकाे सचिवालयले जानकारी दिएकाे छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७ १५:३७