काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । नेकपा कार्यालय रहेको पेरिसडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ।
स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका कामलाई सम्पन्न गर्ने निर्णय गरेको थियो।
त्यस्तै नेकपाका विभाग र प्रतिष्ठानबारे अध्ययन गर्न सचिवालयले नै कार्यदल गर्ने भनिएको छ।
गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूरै कार्यकाल सरकार चलाउने, अर्का अध्यक्ष प्रचण्डले पार्टीमा कार्यकारी भएर पार्टीको नेतृत्व लिने र आगामी चैतमा एकता महाधिवेशन गर्ने लगायत निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७ १२:४८