काठमाडाैं । राष्ट्रियसभामा मनोनित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।
राष्ट्रपतिबाट मनोनित भएपछि आजै सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले शपथ ग्रहण गराएका हुन्।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७ १६:५०