काठमाडौं । पाटन उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई त्तकाल काममा नलगाउन आदेश गरेको छ ।
भट्टलाई सिइओका रूपमा कुनै पनि काम नगर्न मंगलबार अदालतले आदेश गरेको हो ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाइ त्यत्तिञ्जेल भट्टको नियुक्तिको निर्णय यथास्थितिमा राख्न आदेश गरेको हो ।
सरकारले गत साता लगानी बोर्डको सिइओमा सुशील भट्टलाई नियुक्त गरेको थियो । भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरी उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७ १६:२१