काठमाडाैं । भारतको विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मेकाेबारे कुनै शंका नभएको बताएको छ ।
शनिबार विदेशमन्त्री एस जयशंकरले बुद्धलाई महान भारतीय भनेपछि यस विषयमा नेपालमा चर्काे विराेध भएको थियो ।
सोबारे स्पष्टीकरण दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हिजो विदेशमन्त्रीको टिप्पणी हाम्रो साझा बुद्धिस्ट सम्पदाको विषयमा थियो । गौतम बुद्ध लुम्बिनीमा जन्मिएकाेमा कुनै सन्देह छैन, जुन स्थान नेपालमा पर्छ ।’
नेपालको परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकाे र याे विषय सिंगाे विश्वलाई जानकारी भएकाे बताएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७ २०:०९