काठमाडाैं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टलाई बोर्डको सिईअोमा नियुक्त गर्ने निर्णय गरेको सहभागी १ मन्त्रीले बताए ।
बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्।
सिइओ छनौटका लागि गठन भएको समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । समितिले भट्टसँगै पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका सुशील ज्ञवाली र डा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७ १८:३९