काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा मेची महाकाली ब्युराे इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् ।
पुनसँगै उनकी पत्नी तथा नेकपाकै अनेमसंघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र विशेष ब्युराेको टोलीले कैलालीको कनरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सरकारले चन्द समूहलाई कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध गरेपछि समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।
समूहभित्र पुन सरकारसँग वार्ता गर्नुपर्छ भन्ने पक्षका नेता भएकाे बताइन्छ ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७ ०४:३६