काठमाडाैं । एक भारतीय मिडियाले आफ्नाे पेसागत मर्यादा नाघ्दै नेपालका प्रधानमन्त्री र चिनियाँ राजदूतलाई जाेडेर अनर्गल प्रचार गरेकाे छ ।
एक सार्वभाैम मुलुककाे कार्यकारी प्रधानमन्त्रीकाे विषयमा एकदमै तल्लाे स्तरकाे शब्द र शैली प्रयाेग गर्दै भारतीय मिडिया जी मिडियाले झुटाे रिपाेर्ट प्रस्तुत गरेकाे हाे ।
प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा 'घटिया कथा' बुन्दै पेसागत मर्यादा नाघेर अनर्गल प्रचार गरेको हो ।
उसले पेसागत मर्यादा मात्रै नाघेकाे छैन, कूटनीतिक र सार्वभाैम मुलुककाे कार्यकारी प्रमुखकाे पदीय मर्यादाकाे समेत धज्जी उडाएकाे छ । कुनै कलेजका युवायुवतीकाे विषय जस्ताे बनाएर बनाइएकाे रिपाेर्टमा आपत्तिजनक शब्द र शैली प्रयाेग गरिएकाे छ ।
१६ मिनेटभन्दा लामो रिपाेर्टमा ‘ओली कि इश्किया’ हनिट्रयापमा भिआइपी, बुढ्याैलीमा जवानी आयाे जस्ता श्ब्दावली प्रयाेग गरिएकाे छ । चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै टिभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको छ ।
यतिसम्म भनिएकाे छ कि- 'जिश्म के रिस्वत ले के ओली ने वर्षाें पुराने सम्बन्ध बेच दिए ।' राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्सा प्रकाशित गरेको दाबीसमेत रिपाेर्टमा गरिएको छ ।
टिभीले यतिसम्म हर्कत गरेकाे छ कि- भूमि दाबी गर्न चीनले दबाब दिएकाे पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर हुँदै नभएका संवादसमेत देखाउन भ्याएकाे छ ।
बझै अगाडि बढेर उसले चीनसँग ओलीको ‘निजी एमएमएस’ रहेको र त्यसैलाई देखाएर चीनले ओलीसँग साैदाबाजी गरिरहेकाे समेत बताएकाे छ ।
कुनै देशकाे प्रधानमन्त्रीकाे विषयमा अर्काे देशकाे मिडियाले यतिसम्म गिरेर काल्पनिक रिपाेर्ट बनाएकाे सायद याे पहिलाे हाे । कूटनीतिक र पेसागत मर्यादाकाे धज्जी उडाउँदै गरिएकाे यस किसिमकाे प्रस्तुतिकाे जित नै निन्दा गरे पनि कम नै हुन्छ ।
हेर्नुस् भिडियाेः
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७ ०४:२७