काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।
बैठकमा मुख्य गरी वर्तमान परिस्थिति र स्थायी कमिटी बैकको सम्बनधमा अध्यक्षद्वले मन्तव्य राख्ने, सरकारको काम, पार्टी एकताका बाँकी काम, एमसिसी र विविध गरी ५ वटा एजेन्डामा छलफल हुने छ ।
कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचार, नेपालको सीमा समस्या समाधान र अन्य विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७ ०६:११