काठमाडाैं । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निजी सवारी साधन चलाउन दिने निर्णय गरेकाे छ ।
बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले साे जानकारी दिएका हुन् ।
उनका अनुसार मोटरसाइकलमा पछाडि मान्छे राख्न पाइने छैन भने चारपांग्रे निजी गाडीमा चालकबाहेक २ जना मात्र राख्न पाइने छ ।
यसैगरी सरकारी र निजी कम्पनीका कर्मचारी तथा श्रमिक बोक्नका लागि पनि जोर-बिजोर प्रणालीमा गाडी चलाउन दिइने निर्णय गरिएकाे छ ।
यसैगरी रेस्टुरेन्टमा भीडभाड गरेर बस्न पाइने छैन । तर खाना प्याक गरेर लैजान भने पाइने निर्णय गरेको छ ।
सरकारी कार्यालयहरु २ सिफ्टमा सञ्चालन हुने छन् । खतिवडाले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु २ सिफ्ट चल्न दिने निर्णय गरेको जनाए ।
के के खुल्दैनन् ?
सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाइ सेवा भने बन्द नै रहने छ ।
यसैगरी विद्यालय तथा शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरु पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरु अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहने छ ।
बुँदागत रूपमा नखुल्ने क्षेत्र के के हुन् ?
१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु)
२. अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय र आन्तरिक उडानहरु ।
३. तोकिए बाहेकका अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत
४. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।
५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जनस्थल
७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।
८. स्पा, सैलुन र ब्यूटीपार्लर
१०. स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु
११. सपिङ मलहरु
१२. समूहमा खेलिने खेलमुद र खेल मैदानमा हुने प्रस्तुतीहरु
१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु
१४. यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।
१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७ १२:४३