काठमाडौं । संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आज संसद्मा पेस हुने भएको छ ।
संसद सचिवालयले निशान छापमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा राखेको छ ।
यसअघि पनि संसदको कार्यसूचीमा संविधान संशोधनको विधेयक राखिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय माग गरेपछि कार्यसूचीबाट हटाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा अाेलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयकबारे निर्णय गर्न केही दिन समय मागेकाे थियाे ।
शनिबार बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएकाे छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि संविधान संशाेधनकाे पक्षमा मतदान गर्ने निर्णय गरिसकेकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७ ०३:४२