काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न शनिबार दिउँसो १ बजे बैठक बाेलाइएको मुख्य सचिव कृष्णराज पौडेलले जानकारी दिए ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरिसकेकाे छ । नयाँ नक्साअनुसार संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अंकित पुरानाे नक्सा हटाएर वास्तविक सीमाअनुरुपकाे नयाँ नक्सा राख्न सरकारले संविधान संशाेधन विधयेक दर्ता गरेकाे छ ।
बुधबारको बैठकमा संशोधन प्रस्ताव पेस गर्ने भनिए पनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७ ०३:४३