काठमाडाैं । एमसिसीबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बाेलाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पार्टीभित्र पछिल्लो समय देखिएको विवादका बारेमा बैठकमा छलफल हुने बताइएको छ । सरकारले बजेटमा एमसिसी परियोजना बजेटमा समावेश गरेको भन्दै पार्टीभित्र विरोध भएको छ ।
एमसीसी परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल बनाएको थियो ।
केन्द्रीय कमिटीले दिएको म्यान्डेट अनुरूप कार्यदलले फागुन दोस्रो साता नै प्रतिवेदन तयार पारेर बुझाइसकेको थियो । सचिवालय र स्थायी कमिटीमा छलफल हुनुपर्ने भन्दै कार्यदलले प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७ ०३:३८