काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छिन् ।
सोमबार नै सभामुख अग्नि सापकोटा र राराष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छिन् ।ष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमको नाम सिफारिस गरेका थिए । मनोहरप्रसाद भट्टराईको अवकाशसँगै संसदमा सचिव रहेका गौतमलाई महासचिवमा नियुक्त गरिएको हो ।
२०५१ सालमा महान्यायाधिवक्ता कार्यालयमा नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका गौतम त्यसै वर्ष संसद सचिवालयमा शाखा अधिकृत भएका थिए ।
गौतम २०५९ सालमा उपसचिव, २०६३ सालमा सहसचिव र २०७५ साल असारमा सचिव बढुवा भएको थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७ १५:४१