काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।
३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट मकवानपुर, कास्की, धनुषा, अछाम, धनकुटा, नवलपरासी पश्चिम, सिन्धुली, उदयपुर, पाँचथर, सिरहा, तनहुँ, बारा र गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको हो ।
मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।
धनुषाका सिडिओ प्रदीपराज कँडेल कारागार व्यवस्थापन विभागको महानिर्देशक भएका छन् भने मकवानपुरका सिडिओ नारायणप्रसाद भट्ट मन्त्रालयमा तानिएका छन् ।
यसैगरी, मन्त्रालय मातहतका थप सहसचिव र उपसचिव १४ जना कर्मचारीको सरुवा गरेको छ ।
हेर्नुहाेस् सूचीः
प्रकाशित मिति: आइतबार, चैत २, २०७६ ११:०८