काठमाडौँ । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएका कारण प्रधानमन्त्रीले प्रतिनिधसभामा गर्ने भनिएकाे सम्बाेधन राेकिएकाे छ ।
सांसद् उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको थियाे ।
क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य उपाध्यायको रुपन्देहीमा शुक्रबार बिहान निधन भएकाे सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको निधन भएकाे शाेकमा प्रधानमन्त्रीकाे सम्बाेधन स्थगित गर्न माग गरिएकाे बताइन् ।
बहालवाला सांसदको निधन भएकाले शुक्रबारकाे बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएकाे हाे । संसद सचिवालयका सचिव गोपलानाथ योगीका अनुसार बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने निर्णय यसअघि भएको थियो ।
शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो । सरकारका २ बर्से उपलब्धि संसदमार्फत जानकारी गराउन उनले सम्बाेधन गर्न लागिएकाे बताइएकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६ ०७:२७