काठमाडौैं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरोध गरेको छ ।
अख्तियारले नभई सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसकी सचेतक पुष्पा भुसालले बैठकको सुरुमै अख्यितार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया बनेको भन्दै विरोध जनाइन् ।
कांग्रेसका सांसदले उठेर सदन अवरोध गरेपछि सभामुखले बैठक शुक्रबार दिउँसोसम्मका लागि स्थगित गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६ ०७:४३