हेटौंडा । बाग्मती प्रदेश सरकारको आयोजनामा शुक्रबार राजधानी हेटौंडामा सहिद सप्ताह सुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरे ।
साताव्यापी कार्यक्रमअनतर्गत शुक्रबार बुद्धचोकबाट सहिद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो ।
पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलसहित सर्वसाधारण लगायतकाे पनि सहभागिता थियो । बुद्धचोकबाट सुरु भएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।
बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले आजदेखि यही माघ १६ गतेसम्म सहिद सप्ताह मनाउन लागेको हो ।
सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा म्याराथुन, वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातिको मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम गरिने स्मारक विकास समितिले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६ ०६:२४