काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतको अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठले ३ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् भने रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६ १२:०१