काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
उक्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा नेता खिमलाल देवकोटा लगायत रहेका छन् ।
संक्रमणकालीन न्यायलाई टुंगोमा र्पुयाउन गठित यी दुई आयोग गत चैतदेखि पदाधिकारी बिहीन छन् । सरकारले गत चैतमा पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
समितिले मंसिर पहिलो साता दरखास्त आहृवान गरेका ६१ उम्मेदवारको सूची सार्वजनिक गरेको थियो । तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन । यसअघि प्रचण्ड र देउवाबीच यस विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६ ०६:३२