काठमाडौं । आजका लागि तय गरिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्ने गरी स्थगित गरिएकाे छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्ताका कारण बैठक सरेको बताइएको छ । मंसिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको थियो ।
प्राप्त प्रतिवेदनमाथि भाेलि बस्ने सचिवालय बैठकमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसैगरी मंसिर २९ गते बस्ने स्थायी कमिटीको बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६ ०७:३७