काठमाडौं: मन्त्रिपरिषद्काे पुनर्गठनकाे कसरत भैरहँदा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेपछि उनले राष्ट्रपतिलाई भेटेकी हुन् । स्रोतका अनुसार मन्त्री बन्न तयार भए पनि पाेर्टफाेलियाेका कारण उनी दाेधारमा छिन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६ ०९:५५