काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री सचिवालयको नयाँ नियुक्ति हुन सक्ने स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओलीका सचिवालयका सबै सदस्यहरुले राजीनामा दिएका थिए । राजीनामा दिएकामध्ये मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य र सञ्चारविज्ञ रामशरण बजगाईले निरन्तरता पाएका छन् ।
प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भइसकेकाे छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारमा सूर्य थापालाई नियुक्त गर्न सक्ने बताइएकाे छ । कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले थापालाई सल्लाहकार बनाउन लागेकाे स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६ ११:३०