काठमाडौं । गत फागुन २४ गतेबाट विखण्डनको बाटो परित्याग गरी मूलधारको राजनीति समातेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उपनिर्वाचनमा भाग लिने भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि जनमत पार्टीकी उम्मेदवार अञ्जलीदेवी मण्डलले उम्मेदवारी दर्ता गराएकी छिन् । उनलाई निर्वाचन आयोगले हर्न चुनाव चिन्ह दिएको छ ।
सीके राउतले फेसबुकमा उनको उमेदवारीको आधिकारिक जानकारी दिँदै चुनाव चिह्नसमेत सार्वजनिक गरेका हुन् ।
जनमत पार्टी गत जेठमा ६ गते निर्वाचन आयोगमा विधिवत दर्ता भएको थियो। खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६ ०८:४५