काठमाडौं । नेपाल–चीनबीच भएको द्विपक्षीय वार्तामा विभिन्न विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको उच्चस्तरीय वार्तामा विभिन्न १७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल र चीनबिच विकास तथा आपसी सम्बन्ध बिस्तारसँग जोडिएका विभिन्न १७ वटा सहमति तथा सम्झौता भएको हो । हस्ताक्षरअघि नेपाल र चीनबीच प्रतिनिमण्डलस्तरीय वार्ता भएको थियो ।
समझदारी पत्रमा क्रस बोर्डर लाइन रेलमार्ग बनाउने र विभिन्न नगरबीच भगिनी सम्बन्ध कायम राख्ने लगायतका विषय समावेश गरिएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट गरे ।
दुईदिने राजकीय भ्रमणको लागि हिजो नेपाल आएका चिनीयाँ राष्ट्रपति सी आजै स्वदेश फर्कने कार्यक्रम छ । सीलाई विशेष सम्मानका साथ बिदाइ गरिने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ ०७:०९