काठमाण्डौं: आगामी आगामी मङ्सिर १४ गते उपनिर्वाचनका लागि २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहने गरी निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको हो ।
उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कूूल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहने आयोगका प्रवक्ता एवम् सहसचिव गिरिजा शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आठ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका र आठ सयभन्दा कम मतदाता रहेका केन्द्र २०० रहेका पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो दिन प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कूल ५२ पदका लागि निर्वाचन हुँदैछ ।
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कूल मतदाता चार लाख ५४ हजार ११४ रहेको छन् । तीमध्ये महिला मतदाता दुई लाख ३३ हजार ४०२, पुरुष मतदाता दुई लाख २० हजार ७१० र अन्य लिङ्गी दुई जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६ ०७:५२