काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ । प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च सरकारले नव्यहोर्ने र प्लेन खर्च बाहेक अरु उनको निजी खर्च हुने बताए, ‘उपचार खर्च प्रधानमन्त्री स्वयंमले आफ्नै व्यवस्थापनमा गर्नुहुन्छ ।’
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६ २०:२७