काठमाडौंः प्रधानमन्त्री केपीशर्मा ओलीले वेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई वधाई तथ ाशुभकामना सन्देश पठाएका छन् ।
आफ्ना वेलायती समकक्षीलाई वधाई ज्ञापन गर्दै पठाएको पत्रमा प्रधानमन्त्रीओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गरे,‘नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्टकका वेलायत नै हो’ प्रधानमन्त्रीओलीले शुभकामना सन्देशमा भने,‘आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।’
प्रधानमन्त्री ओलीले सन्र्दभवश, आफ्नो भर्खरै भएको वेलायतयात्राको प्रसंग उल्लेख गर्दै भने,‘तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरकृयाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो ।’
‘वेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर मद्दत र सहयोगको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ,‘नेपालमालामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्टकबाट हाम्रो सामाजिकआर्थिक विकासको लक्ष्य हासिल गर्न उच्च स्तरको सहयोगको अपेक्षा गर्दछौं ।’
प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्दै भन्नु भएको छ,‘म आउने दिनमादुई देशको सम्बन्धअझमजवूतबनाउनतपाईसँग निकटतापूर्वक कामगर्ने आशागर्दछु ।’
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६ १८:२०