२४ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् ।
संसदमा जवाफ दिनुपर्ने भएकाले त्यसको तयारीका लागि बाहिरिएको बुँझिएकाे छ ।
उनले बैठकमा कसैसँग कुनै विवाद नभएको र नियमित बैठक भएकाेले हिजो छलफल नसकिएपछि आज पनि बसेको बताए ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६ १३:५४