काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल टेलिकममा रणनैतिक साँझेदारीको खोजी भइरहेको बताएका छन्।
आइतबार नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘नेपाल सरकारको स्वामित्वको रुपम रहेको नेपाल दूरसञ्चारको धेरै ठूलो महत्वको अर्थ राख्छ। त्यसकारण हामी नेपाल टेलिकममा रणनैतिक साँझेदारीको खोजीमा छौ।’
उनले टेलिकमको नवीकरण दस्तुर मात्रै नभएर रणनैतिक पार्टनरको रुपमा समेत बुझेको बताए। उनले भने, ‘ नेपाल टेकलिकमको सेयर राष्ट्रिय अस्मितासँग जोडिएकाले यसलाई रणनीतिक रुपमा कमजोर बनाएर दिनु र बस्नु भनेको होइन। हामी राष्ट्रिय भावनासँग जोडेर हुर्नुपर्छ।’
उनले टेलिकमको साँझेदारीमा प्राइभेट र पब्लिक कम्पनीलाई कुनै पनि भेदभाव नगरेको मन्त्रीले छलफलका क्रममा आफूलाई ब्रिफिङ गरेको बताए। उनले भने,’ सरकारी र प्राइभेट कम्पनीलाई समान व्यवहार गरेको मन्त्री ज्यूले आजेको विहानको ब्रिफिङमा मलाई भन्नुभएको छ। सायद त्यस्तो तपाइहरुले भने जस्तो नहोला।म सिधैं वालुवाटार र मन्त्रीसँग यसबारेमा कुरा गर्न सक्छु। ‘
उनले यसबारेमा फेरि मन्त्रीसँग छलफल गर्नु पर्ने भएको समेत आश्वासन दिए।