काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
आज अपरान्हबाट जारी बैठकमा नेताहरुको जिम्मेवारी र राजनीतिक दस्तावेजमाथि छलफल गर्ने कार्यसूची छ ।
सचिवालय बैठक अघि अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच बैठकका अजेन्डाको बिषयमा अनौपचारिक छलफल भएको थियो ।
बैठकमा जिल्ला इञ्चार्ज, सहइञ्चार्जका मापदण्डबारे छलफल हुनेछ ।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६ २०:५९