काठमाडौं :नेकपाका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले आज प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका छन् ।
सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेको र विधेयकका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेकाे केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदहरुले जोड दिएका थिए ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६ २२:०३