काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीचको सम्बन्ध सुधारमा ध्यान पुर्याउन नसके पार्टी झनै कमजोर बन्ने भएकाले यसतर्फ गम्भीर बन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस रौतहट काठमाडौ सम्पर्क समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले पार्टीभित्र जनअपेक्षा अनुरप सुधार ल्याउन नसके वर्तमान चुनौतिहरुको सामना गर्न नसकिने पनि बताए । उनले पार्टीमा विधिविधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्यायर आफू अनुकुलको निर्णय गर्दै जाँदा कांग्रेस कमजोर र बामपन्थीहरुको दबदवामा पुगेको कुरा ख्याल गर्न समेत आग्रह गरे ।
उनले भने , जबसम्म पाटी नियम सम्वत ढंगले चलाउन सकिँदैन तबसम्म पार्टीभित्र जतिसुकै ठूला कुरा गरेपनि गुट उपगुटको अन्त्य हुन सक्दैन ।
त्यस्तै उनले वर्तमान सरकार संघियता कमजोर पार्न उद्त रहेको कुरा सरकारले प्रस्तुत गरेको बजेटबाट पुष्टि भएको बताए । सरकारले प्रस्तुत गरेको बजेटमा संघियतालाई मजबुत गराउने खाले कुनै कुरा नआउनुले सरकारको नियत प्रष्ट भएको उनको भनाइ थियो । सरकारलाई संविधानको ख्याल गर्न समेत आग्रह गरे ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६ १७:५२