Friday November 16, 2018 | |

नेपाल सम्वतको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

featured-news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत ११३९का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।


शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताएका छन् ।


नेपाल सम्वत्लाई परोपकारी भावना स्मरण गराउने दिन उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘नेपाल सम्वतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावना स्मरण गराउँदै आएको छ ।’


नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको यस अवसरमा आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।


राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए ।


नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।


आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement