Saturday July 21, 2018 | |

उपत्यकामा अब दिउँसो ट्रिपर चलाउन नपाइने

featured-news

काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने निर्देशन दिएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढ्न थालेपछि यस्तो निर्देशन दिइएको हो ।


गृह स्रोतका अनुसार अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरिएको छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।


यसअघि मंगलबार मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News