Monday July 16, 2018 | |

अष्ट्रेलियामा स्थापित मेण्टर माइग्रेसन एण्ड एडुकेशनको शाखा काठमाडौँमा विस्तार

featured-news

काठमाडौँ । मेण्टर एडुकेशन सर्भिसेजले नेपालमा शाखा बिस्तार गरेको छ । मेण्टरले दशैँ र तिहारकोबीचमा काठमाडौँको पुतलीसडकमा रहेको मोवाइल बजारको तेस्रो तल्लामा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । अष्ट्रेलियाको सिड्नीमा स्थापना भएर माइग्रेसन एण्ड एडुकेशन सर्भिसमा स्थापित भैसकेको मेण्टरले काठमाडौँमा पनि शाखा सञ्चालनमा ल्याएको हो ।

MENTOR

पछिल्लो समय अष्ट्रेलिया उच्च शिक्षा हाँसिल गर्न चाहने नेपाली विद्यार्थीका लागि प्रमुख आकर्षक गन्तव्य बनिरहेको छ । मेण्टरका निर्देशक केशव जोशीले काठमाडौँमा शाखा सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए । उनले अष्ट्रेलिया गएर उच्चशिक्षा हाँसिल गर्न चाहने विद्यार्थी र माइग्रेट नै हुन चाहने नेपालीका लागि भरपर्दो सेवा उपलब्ध गराउने बताए ।

22782264_10214456023697151_929747071_n

मेण्टरबाट ल्यांग्वेज क्लास, इन्टरभ्यू प्रिपेसन, करियर काउन्सिलिङ, भिसा डकुमेन्टेसन, प्रि डिपार्चर ब्रिफिङ, एयरपोर्ट पिकअप, अकोमोडेसन एरेन्जमेन्टको सेवा पाउन सकिने जोशीले बताए । मेण्टरको मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीस्थित पिट स्ट्रटमा रहेको छ ।

22809960_10214456025417194_1614945974_n

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News