Monday December 10, 2018 | |

भानुजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै

featured-news

काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।


आज बिहान भानु प्रतिष्ठानले प्रभातफेरी आयोजना गरेको थियो । प्रभातफेरीका अवसरमा उनको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रभातफेरी कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान पुगी श्रद्धाञ्जलि सभामा परिणत भएको थियो ।


यस्तै, भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहने जनाइएको छ ।


विसं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मेका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवाद गरेका थिए । उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement