Friday October 19, 2018 | |

प्रधानमन्त्रीलाई भेट्न नपाएको राजपाका नेताहरुको गुनासो

featured-news

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नपाएको गुनासो गरेका छन् ।


आफूहरुसँग सरकारले गरेको सहमतिको कार्यान्वयनका बारेमा जानकारी लिनका लागि प्रधानमन्त्रीसँग भेट्न खोज्दा समय नपाएको राजपाका नेताहरुले बताए ।


संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्ण सम्बन्धमा यसअघि सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग राजपाले गर्दै आएको छ ।


प्रधानमन्त्रीको नीजि सचिवालयले समय अभावका कारण राजपाका नेताहरुसँग प्रधानमन्त्रीको भेट हुन नसकेको बताएको छ ।


स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महन्थ ठाकुर एक्लैलाई भेट्न प्रस्ताव गरेका थिए । तर ठाकुरले एक्लै नभई सामूहिक भेट गर्ने बताएपछि समय नमिलेको हो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement