Sunday December 17, 2017 | |

जिसस चितवनमा एमालेका डल्लाकोटी निर्वाचित, कांग्रेस–माओवादी गठबन्धन टुट्यो

featured-news

२५ असोज, चितवन । जिल्ला समन्वय समितिको अध्यक्षमा चितवनमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । उनले कांग्रेसका भरत अधिकारीलाई ८ मतले हराए । डल्लाकोटीले ११ र अधिकारीले ३ मत पाएका छन् । माओवादीले आफ्नो दुई मत एमाले उम्मेदवारलाई दिएको छ । योसँगै नेपाली कांग्रेस र माओवादीको बीचमा चितवनमा भएको गठबन्धन पनि टुटेको छ । चितवनका ७ स्थानीय तहका १४ पदमध्ये एमालेको ९, कांग्रेसको ३ र माओवादी केन्द्रको २ मत रहेको थियो ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement